१ सय ३५ कुकुरको बन्ध्याकरण, १ सय ९५ लाई खोप

फाल्गुन १६, २०८१

लक्ष्मी गौतम

135 dogs sterilized, 195 vaccinated

पाँचथर — पाँचथरमा १ सय ३५ वटा कुकुरको बन्ध्याकरण गरिएको छ । बन्ध्याकरण गरिएकामध्ये ५२ सामुदायिक र ८३ वटा घरपालुवा रहेको भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी निरोजकुमार भट्टराईले जानकारी दिए ।

यस्तै, १ सय ९५ वटा कुकुरलाई रेबिज रोगविरुद्वको खोप लगाइएको छ । भट्टराईका अनुसार रेबिज रोग नियन्त्रणका लागि कुकुरको बन्ध्याकरण गर्न र खोप लगाउन बिहीबार र शुक्रबार शिविर चलाइएको थियो । कुकुरको बन्ध्याकरणका लागि इटहरीस्थित नेपाल एग्री लाइभस्टक ट्रेनिङ एन्ड रिसर्च सेन्टरले प्राविधिक सहयोग गरेको थियो ।

कुकुरको बन्ध्याकरण गर्न चार विज्ञ चिकित्सकसहित १५ जना प्राविधिक खटेका थिए ।

शिविर सञ्चालनपूर्व सार्वजनिक सूचना गरेर आआफ्ना घरमा पालेका कुकुर ल्याउन स्थानीयलाई भनिएको थियो ।

केन्द्रले रेबिज नियन्त्रणका लागि बर्सेनि कुकुरको बन्ध्याकरण शिविरसँगै खोप सञ्चालन अभियान चलाउँदै आएको छ ।

लक्ष्मी गौतम गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully