आगलागीमा घर जल्यो

फाल्गुन १५, २०८१

आनन्द गौतम

The house was destroyed in the fire

ताप्लेजुङ — ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-३ कान्छीचोक हाङपाङ निवासी इन्द्रबहादुर निरौलाको घरमा आगलागी हुँदा ८ लाखभन्दा बढीको क्षति भएको छ । बिहीबार भएको आगलागीबाट ढुंगामाटोले बनेको जस्तापाताले छाएको तीनतले घर ध्वस्त भएको हाङपाङ प्रहरी चौकीले जनाएको छ । 

विद्युत् सर्ट भई आगालागी भएको अनुमान प्रहरी र स्थानीयले गरेका छन् । आगलागीबाट घरसँगै भित्र रहेका अन्तपात, भाँडावर्तन, लत्ताकपडा र काठपात जलेका छन् ।

परिवारका सदस्य मोरङको लेटाङ गएको प्रहरीले जनाएको छ । परिवारका सदस्य नहुँदा घरको हेरचाह उनका भतिजा दिनेश निरौलाले गर्दै आएका थिए ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully