झापा — झापाको हल्दिबारी गाउँपालिका–४ मा जंगली हात्तीको आक्रमणबाट बिहीबार एकजनाको मृत्यु भएको छ ।
घाँस काट्न स्थानीय विराम सामुदायिक वन गएका ७६ वर्षीय भीमप्रसाद भट्टराईको हात्तीको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मृतकको शव पोस्टमार्टमका लागि प्रदेशिक अस्पताल, भद्रपुर पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
