संखुवासभा — मकालुु हिमाल आरोहणको ७० वर्ष पूरा भएको अवसरमा मकालु गाउँपालिकाले बुधबारबाट मकालुु महोत्सव आयोजना गरेको छ ।
मकालुु गाउँपालिकाको नुममा आयोजित कार्यक्रममा संखुवासभामा भएका जातजातिका झाँकी प्रदर्शन गरिएको छ । झाँकीले नुमको बिभिन्न स्थानको परिक्रमा गरेको थियो । भाषा आयोगका सदस्य डा पुस्करदेब भट्ट, कोशी प्रदेशका पूर्वमन्त्री तथा संखुवासभाका सांसद राजेन्द कार्की र मकालुुका अध्यक्ष वाङदी शेर्पाले पानसमा बत्ती बालेर महोत्सवको उद्घाटन गरे ।
विश्वको पाँचौ अग्लो हिमाल मकालुु ८ हजार ४ सय ६३ मिटर उचाइमा छ । मकालुु हिमालको शिखरमा मानव पाइला टेकेको ७० वर्ष पूरा भएको गाउँपालिका अध्यक्ष शेर्पाले बताए । सन् १९५५ को मे १५ मा जिन फ्रान्को नेतृत्वको ‘फ्रान्स स्प्रिङ १०५५’ नामक आरोहण दलबाट जिन कोजी र लियोनर टेरी पहिलो पटक मकालुुको शिखरमा पुगेको उनले बताए ।
सर्वोच्च शिखर सगरमाथामा चुमेको ठिक दुई वर्षपछि मकालुु हिमालको आरोहण सफल भएको उनले बताए । मकालुु महोत्सवको अवसरमा दक्षिण एसियाली साहित्यिक साँस्कृतिक सम्मेलन पनि उद्घाटन गरिएको छ । बुधबारबाट सुरु भएको महोत्सव र सम्मेलन फागुन १७ सम्म चल्ने छ ।
