खोटाङ — बाराहापोखरी गाउँपालिकामा महिला र पुरुष मृत फेला परेका छन् । बाराहपोखरी–१ बाराहपोखरीस्थित डाँडाखर्क जंगलमा स्थानीय २२ वर्षीया सविता विष्ट र १८ वर्षीय शिखर बस्नेत बुधबार बिहान मृत फेला परेका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।
उनका अनुसार उनीहरू मंगलबार दिउँसोदेखि सम्पर्कविहीन थिए ।
सविताको शरीरमा धारिलो हतियार प्रयोगबाट चोट लागेको र शिखर त्यसभन्दा करिब २२ मिटर तल झुण्डिएको अवस्थामा बिहान ७ बजेतिर मृत फेला परेका हुन् । डीएसपीको कमाण्डमा खटिएको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ ।
महिला २ वर्षीया छोरीकी आमा हुन् भने पुरुष अविवाहित हुन् ।
