पहिरोले थुनिएको खाँदबारी–किमाथांका सडक दुई दिनपछि खुल्यो

फाल्गुन १४, २०८१

कान्तिपुर संवाददाता

The Khandbari-Kimathanka road, blocked by landslides, was opened two days later

संखुवासभा — खाँदबारी–किमाथांका सडक दुई दिनपछि खुलेको छ । कोशी राजमार्ग अन्तर्गत खाँदबारी–किमाथांका सडक खण्डको भोटखोलामा पहिरो खसेपछि सोमबार बिहानदेखि सडक अवरुद्ध भएको थियो ।

भोटखोला गाउँपालिकाको हटिया र हुङगुङ बीचको पहिरो पन्छाएपछि बुधबारबाट सडक सञ्चालनमा आएको उत्तर दक्षिण कोशी सडक आयोजनाका सूचना अधिकारी नरेश जिरेलले बताए । उनका अनुसार सडक खण्डमा १५ मिटर माथिबाट ठूलाठूला ढुंगासहित पहिरो खसेको थियो ।

यो सडक छिमेकी देश चीन–भारत जोड्ने सबैभन्दा छोटो सडक हो । राष्ट्रिय गौरवको खाँदबारी– किमाथांका सडक आयोजनामा हालसम्म  ५३ करोड बढी खर्च भइसकेको छ ।  

कान्तिपुर

Link copied successfully