विद्यार्थीलाई प्लास्टिकजन्य फोहरबाट सजावटका सामग्री बनाउने तालिम

फाल्गुन १०, २०८१

डम्बरसिं राई

Training students to make decorations from plastic waste

खोटाङ — विद्यार्थीहरूले फोहरबाट सजावटका सामग्री निर्माण गर्ने तालिम सुरु भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले नगरक्षेत्रभित्र प्लास्टिकबाट उत्सर्जित फोहर संकलन गरेर विभिन्न प्रकारका सजावटका सामग्री निर्माण गर्ने तालिम शनिबारबाट सुरु भएको हो ।

तालिममा नगरक्षेत्रभित्रका विभिन्न १३ विद्यालयका ५० जना विद्यार्थी सहभागी रहेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका शिक्षा शाखाका सुवासचन्द्र राईले बताएका छन् । उनका अनुसार तालिममा प्लास्टिकजन्य वस्तुबाट उत्सर्जित फोहरबाट खेलौना, फूल लगायतका सजावटका सामग्री निर्माण गरिने छ । ‘नगरक्षेत्रभित्रका १३ विद्यालयका विद्यार्थीलाई लक्षित गरेर तालिमको आयोजना गरिएको हो,’ उनले भने ।

कार्यक्रममा राष्ट्रिय बालअधिकार परिषद्‍का उपाध्यक्ष बम बानियाँ, नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विसन राई शैक्षिक सुधार कार्यदलका संयोजक निर्देशक सूर्यबहादुर राईलगायत सहभागी थिए ।

डम्बरसिं राई राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully