टिपरले मोटरसाइकललाई ठक्कर दिॅदा बाउछोराको मृत्यु

फाल्गुन १०, २०८१

लक्ष्मी गौतम

Boyhora died when the tipper hit the motorcycle

पाँचथर — इलाममा टिपरको ठक्करबाट बाउछोराको ज्यान गएको छ । रोङ गाउँपालिका–३ हासपोखरीमा शुक्रबार साँझ टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका सुर्योदय नगरपालिका-६ फाजिगाउॅका ७० वर्षीय पवनकुमार राई र उनका छोरा ४० वर्षीय दिर्घराज राईको उपचारका क्रममा बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा शनिबार मृत्यु भएको हो । 

शुक्रबार साँझ पौने ७ बजे झापाबाट इलाम आउँदै गरेका उनीहरु सवार प्रदेश १–०३–००१ प १५८५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट झापातर्फ जाँदै गरेको को १ ख ६४६२ नम्बरको टिपरले ठक्कर दिएको थियो । घटनापछि टिपर चालक इलाम माइजोगमाई गाउँपालिका-२ का खगेन्द्र थामीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully