छुट्टा-छुट्टै घटनामा दुई जनाको मृत्यु

फाल्गुन ९, २०८१

दीपेन्द्र शाक्य

Two people died in separate incidents

संखुवासभा — संखुवासभाको सभापोखरी गाँउपालिका-६ स्थित भित्री सडक खण्डमा भे २ त १९२९ नम्बरको वालुवा लोड गरेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

सडकमा अनियन्त्रित भएर बाटोदेखि ६० मिटर तल खोल्सीमा झरेर दुर्घटना हुँदा ट्र्याक्टर चालक चैनपुर नगरपालिका-६ का १९ वर्षीय रबि बराईलीको मृत्यू भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका उनको उपचारको क्रममा शुक्रबार बिहान मृत्य भएको हो।

त्यस्तै, मकालु गाउँपालिका-६ का २७ वर्षीय उपेन्द्र राईको करेन्ट लागेर मृत्यू भएको प्रहरीले जनाएको छ । बिहीबार साँझ करेन्ट लागेको उनलाई बिहीबार राति जिल्ला अस्पताल संखुवासभाले मृत घोषणा गरेको थियो ।

राई पूर्ण विद्युतीकरण आयोजनामा काम गर्ने कामदार थिए । बिजुली बन्द नगरी काम गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो।

दीपेन्द्र शाक्य

Link copied successfully