वडाध्यक्षको निधनमा फाल्गुनन्दले दियो शोक बिदा 

फाल्गुन ८, २०८१

लक्ष्मी गौतम

Falgunanda gave condolence leave on the death of ward president

पाँचथर — फाल्गुनन्द गाउँपालिकाले वडा नं. ३ का अध्यक्ष सुखबिर नेम्वाङको निधनमा शोक बिदा दिएको छ ।

गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बेले शोक विज्ञप्ति प्रकाशन गर्दै गाउॅपालिका, वडा कार्यालयहरू, स्वास्थ्य र शैक्षिक संस्थासँगै बैंक र वित्तीय संस्थाहरूमा समेत लागू हुने गरी शोक बिदा दिने निर्णय भएको जनाएका छन् । 

वडाध्यक्ष नेम्वाङको मुखमा भएको क्यान्सरका कारण बुधबार बिहान ४६ वर्षको उमेरमा निधन भएको थियो । २०७४ र २०७९ गरी दुई पटक फाल्गुनन्द-३ को वडाध्यक्षमा निर्वाचित नेम्वाङ पुर्व भलिबल खेलाडीसँगै फाल्गुनन्द गाउँपालिकाको बहालवाला कांग्रेस सभापति थिए । 

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully