ताप्लेजुङमा 'नो केबलकार समूह' र प्रहरीबीच झडप, ७ सेल अश्रुग्यास प्रहार

फाल्गुन ८, २०८१

आनन्द गौतम

Clash between 'No Cable Car Group' and police in Taplejung, 7 cells fired tear gas

ताप्लेजुङ — ताप्लेजुङमा 'नो केबलकार समूह' र प्रहरीबीच बिहीबार दिउँसो झडप भएको छ । झडपमा सुरक्षाकर्मीसहित १२ जना घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले ७ सेल अश्रुग्यास प्रहार गरेको छ । 

पाथीभरामा केबलकार निर्माणको विरोध गर्दै आएको समूहले बिहीबार ठूलो फेदीबाट पदयात्रा निकाल्दै केबलकार निर्माणस्थलतर्फ जाँदै गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीले रोक्न खोजेपछि झडप भएको हो । 

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले झडपमा नेपाल प्रहरी र सशस्त्रका गरी ११ जना र प्रदर्शनकारीतर्फ १ जना घाइते भएको जनाए ।

पाथीभरा क्षेत्रमा केबलकार बनाउँदा ऐतिहासिक पहिचान मेटिने भन्दै मुक्कुम्लुङ संयुक्त संघर्ष समिति मुक्कुम्लुङ केबलकार खारेजी संघर्ष समिति बनाएरै चरणबद्ध आन्दोलन गर्दै आएको छ । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully