ताप्लेजुङ — पाथीभरा क्षेत्रमा हिमपात भएको छ। माथिल्लो फेदीदेखि हिउँ परेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए ।
हिउँले यात्रुलाई हिँडडुलमा भने केही असहज हुने भएको छ । आइतबार बिहान पाथीभरा जाने तिर्थयात्री १ सय ५० को हाराहारी रहेको महतले बताए ।
३१ सयमिटर उचाई को माथिल्लो फेदीदेखि पाथीभरा क्षेत्रमा हिउँ परेको यो पहिलो पटक पनि हो । हिउँ २४ सय मिटरको काफलेपाटीभन्दा तल परेको र पातलो रहेको स्थानीयले बताएका छन् ।
यसवर्ष ताप्लेजुङमा विगतका वर्षमा जस्तो हिउँ परेको छैन ।
