विवादकै बीच माघ महिनामा चार हजारले गरे पाथीभराको दर्शन, साढे १० लाख भेटी संकलन

फाल्गुन १, २०८१

आनन्द गौतम

In the midst of the controversy, 4,000 people visited Pathibhara in the month of January, collecting 1.5 million offerings

ताप्लेजुङ — पाथीभरामा माघ महिनाभरी नै द्वन्द्व चल्यो । माघ १२ गते पाथीभरा क्षेत्रको बलुडाँडामा गोली नै चल्यो । तर यहा आउने तीर्थयात्रीको संख्यामा भने कमी आएन ।

पाथीभरा क्षेत्र विकास समितिको तथ्यांक अनुसार यो महिनामा ४ हजार २ सय ४९ तीर्थयात्रीले पाथीभराको दर्शन गरेका छन् । जसमा अधिकांश ताप्लेजुङ जिल्लाबाहिरका छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार यो अवधिमा १० लाख ४० हजार ३ सय रुपैयाँ भेटी संकलन भएको छ । 

माघ १५ देखि २२ गतेसम्म ताप्लेजुङ प्रवेश गर्ने मेची राजमार्ग र तमोर करिडोरमा यातायात बन्द भएको थियो । बन्दका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीले तीर्थयात्रीको उद्धार गरेर गन्तव्यमा पुर्‍याएका थिए । आफ्नो मेसमा खाना खुवाएर सरकारी गाडीमा एस्कर्टिङ गरेर पनि दर्शनार्थीलाई पाथीभरासम्म पुर्‍याएका थिए ।

पाथीभरामा वार्षिक तीन लाखको हाराहारीमा तीर्थयात्री आउने गरेको तथ्यांक क्षेत्र विकास समितिसँग छ । माथिल्लो फेदीमा तीर्थयात्रीको संख्या गणना गरिन्छ भने मन्दिर क्षेत्रमा संकलित रकम सदरमुकाम फुङलिङ ल्याएर गणना गर्ने र बैंकमा जम्मा गरिन्छ ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully