रुखको हाँगा काट्ने क्रममा भएको दुर्घटनामा एक जनाको मृत्यु

माघ २७, २०८१

कान्तिपुर संवाददाता

One person died in an accident while cutting a tree branch

विराटनगर — झापाको मेचीनगर नगरपालिका-५ स्थित नकलबन्दा टि-स्टेट चिया बगानमा पिपलको रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ ।

आइतबार बिहान करिब १०:३० बजे स्थानीय २६ वर्षीय सिताराम उराउ र २३ वर्षीय सिलास उराउले रुखको हाँगा काट्ने क्रममा बिजुलीको पोलमा लागी पोल ढलेको थियो । ढलेको पोलमा रहेको तारले चिया बगानका कर्मचारी ५८ वर्षीय मंगले सार्कीको टाउकोमा चोट लागेको थियो । उनलाई तत्काल प्रादेशिक अस्पताल भद्रपुर लगिएकामा उपचारको क्रममा बिहान ११:१५ बजे उनको मृत्यु भएको चिकित्सकले पुष्टि गरेका छन् ।

घटनापछि रुख काट्ने क्रममा संलग्न दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हाल उनीहरुलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully