धनकुटा — धनकुटाको सहिदभूमि गाउँपालिका-३ को सिरवानी गाउँस्थित कार्की खोलामा एक पुरुषको शव फेला परेको छ । पहेँलो टिसर्ट र नीलो जिन्स पेन्ट लगाएका करिब ४० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका निरीक्षक विष्णु खड्काले जानकारी दिए ।
‘स्थानीयले शव देखेर प्रहरीलाई खबर गरेका हुन्,’ खड्काले भने, ‘zjको प्रकृति हेर्दा करिब दश दिनअघि मृत्यु भएको अनुमान गर्न सकिन्छ ।’
स्थानीयबासीका अनुसार दुई साताअघि गाउँमा एक अपरिचित दम्पती आएका थिए । तिनैमध्येका पुरुष व्यक्तिको शव हुन सक्ने प्रहरीको अनुमान छ । स्थानीयका अनुसार, सुनसरीको चक्रघटी घर बताउने दम्पती दुई साता पहिले गाउँमा आएका थिए । दुई दिन गाउँमा बसेका उनीहरु त्यसपछि सम्पर्कमा नरहेको जनाइएको छ ।
