कुटपिटबाट घाइते भएका सुनुवारको निधन

माघ २६, २०८१

लक्ष्मी गौतम

Death of Sunuwar who was injured due to beating

पाँचथर — इलाममा कुटपिटबाट घाइते भएका एक युवकको मृत्यु भएको छ । ज्यान गुमाउनेमा इलाम नगरपालिका–९, गोलबस्तीका ३२ वर्षे मिलन सुनुवार रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

उनी माघ २४ गते साॅझ ७ बजेतिर आफ्नै साथीबाट कुटिएका थिए । कुटपिटमा परी गम्भीर घाइते भएका उनलाई तत्काल जिल्ला अस्पतालमा उपचार गराइ डिस्चार्ज गराइए पनि बान्ता गर्न थालेपछि अवस्था गम्भीर भएर झापातर्फ थप उपचारमा लैजाने क्रममा सूर्योदय नगरपालिकाको कन्याममा पुर्‍याउँदा शनिबार उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी मानबहादुर राईले जानकारी दिए ।

कुटपिट गर्ने व्यक्ति फरार रहेकाले खोजी कार्य जारी रहनुका साथै कुटपिटको कारण खुल्न नसकेको प्रहरीले बताएको छ ।

लक्ष्मी गौतम गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully