जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी लिङ्थेप ५ वर्षपछि पक्राउ

माघ २५, २०८१

कान्तिपुर संवाददाता

Lingthep, the absconding defendant in the rape case, was arrested after 5 years

संखुवासमा — इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको विशेष टोलीले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी गौतम लिङ्थेपलाई पक्राउ गरेको छ ।

मादी नगरपालिका-८ मा लुकीछिपी बसेका उनलाई ५ वर्षपछि गाउँबाट प्रहरीले पक्राउ गरेको हो । जबरजस्ती करणीपछि लिङ्थेप भारतमा लुकेर बसेका थिए । केही दिन अघिमात्र घर फर्केको पत्ता लगाएर प्रहरीले पक्राउ गरेको डीएसपी दक्षकुमार बस्नेतले बताए ।

संखुवासभा जिल्ला अदालत चैनपुरको २०७६ असार २९ गतेको फैसला आदेशले उनलाई ८ वर्ष ११ महिना ११ दिन कैद सजाय सुनाएको थियो । उनलाई जिल्ला अदालत चैनपुरले शुक्रबार कैद भुक्तानीका लागि कारागार कार्यालय संखुवासभामा पठाइएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully