खोटाङ र ओखलढुङ्गाका प्रजिअ नहुँदा सेवाग्राही मारमा

माघ २४, २०८१

डम्बरसिं राई

Khotang and Okhaldhunga services are not available

खोटाङ — खोटाङ र ओखलढुङ्गामा प्रमुख जिल्ला अधिकारी नखटाउादा सेवाग्राहीले मार खेपेका छन् । खोटाङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की र ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी नारायण ढकालको अनिवार्य अवकाश भएपछि अर्को प्रमुख जिल्ला अधिकारी नखटाउादा सेवाग्राहीले मार खेप्नु परेको हो ।

खोटाङका प्रमुख जिल्ला अधिकारी कार्की गत माघ १५ गतेदेखि जिल्ला छाडेका हुन् । उनको माघ २६ गते अनिवार्य अवकाश हुादै छ । कार्की गएपछि अधिकृत हिराधन राईले निमित्तको कार्यभार सम्हालिरहेका छन् । ओखलढुङ्का प्रमुख जिल्ला अधिकारी ढकाल गत माघ ९ गतेदेखि जिल्ला छाडेका हुन् । उनी माघ १६ गते अनिवार्य अवकाशमा गएका हुन् । ओखलढुङ्गामा अनुप पौडेलले निमित्त चलाइरहेका छन् ।

दुवै जिल्लामा प्रमुख जिल्ला अधिकारी नहुादा मुद्दाका काम, महत्त्वपूर्ण निर्णय तथा टिप्पणीलगायतका काम नहुादा सेवाग्राहीलाई समस्या झेलिरहेका हुन् ।  

डम्बरसिं राई राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully