धनकुटा — धनकुटाको चौबिसे गाउँपालिका-८ वसन्तटारमा गोलिया काठले किचेर एक व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय चौबिसे गाउँपालिका-७ लोफादिनका २७ वर्षीय मौषम चेम्जाङ रहेको प्रहरीले जनाएको छ । ढुवानीको तयारीका लागि बाटो माथि राखिएको गोलिया काठ झार्नेक्रममा मंगलबार अपरान्ह उनलाई सोहि गोलियाले किचेको थियो ।
गम्भीर घाइते भएका चेम्जोङलाई उपचारका लागि धरानतर्फ लैजानेक्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक विष्णु खड्काले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
