झापामा कुटपिटबाट मृत्यु

माघ १९, २०८१

कान्तिपुर संवाददाता

Beaten to death in Jhapa

झापा — झापाको कमल गाउँपालिका-७ मा कुटपिटबाट एक व्यक्तिको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ४५ वर्षीय देवलाल चौधरीकाे कुटपिटबाट मृत्यु भएको हो।

गत माघ १७ गते सोही स्थानका ३७ वर्षीय पुन्यप्रसाद बास्तोलाले सामान्य विवादका क्रममा चौधरीलाई लाठी प्रहार गरी घाइते बनाएका थिए। घाइते चौधरीको लाइफ लाइन अस्पताल दमकमा उपचारका क्रममा मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय दमकले घटनामा संलग्न बास्तोलालाई नियन्त्रणमा लिइसकेको जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको पनि बताएको छ।

कान्तिपुर संवाददाता

Link copied successfully