तमोर नदी किनारमा वेवारिसे शव फेला

माघ १०, २०८१

लक्ष्मी गौतम

Wewarise's body was found on the banks of the river Tamor

पाँचथर — पाँचथर र तेह्रथुम भएर बग्ने तमोर नदीको किनारमा वेवारिसे अवस्थामा एक पुरुषको शव भेटिएको छ । पाँचथरको तुम्बेवा गाउँपालिका-१ र तेह्रथुमको छथर गाउँपालिकाको सिमानामा पर्ने घाटमा बालुवाको ढिम्कामाथि उत्तानो परेको अवस्थामा करिब ३० वर्षीय पुरुषको शव फेला परेको हो ।

बुधबार स्थानीयले शव देखेपछि प्रहरी चौकी नावा खोलामा खबर गरेका थिए । खबर पाउना साथ अस्थायी प्रहरी पोष्ट नावाखोला र जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटेका प्रहरी टोलीले उद्वार गरेर पोष्टमार्टमका लागि पाँचथर जिल्ला अस्पताल ल्याइएको छ ।

शवको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बिनालाल साहले जानकारी दिए ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully