अनावश्यक जाँच र नोट सटहीको समस्या हटाइने : मुख्यमन्त्री कार्की

माघ १०, २०८१

कान्तिपुर संवाददाता

Unnecessary checks and issue of currency notes will be removed: Chief Minister Karki

विराटनगर — कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भारतीय पर्यटकलाई नेपाल भ्रमणमा सहजीकरण गर्ने योजना अघि सारेको बताएका छन्। २०८२ लाई 'कोशी पर्यटन वर्ष' को रूपमा मनाउने तयारी गरेको बताउँदै उनले उक्त कुरा सार्वजनिक गरेका हुन् ।

सुनसरीको कोशी टप्पुमा नेपाल तथा भारतका संचारकर्मीसँग मुख्यमन्त्री कार्कीले भारतीय पर्यटकलाई नेपाल आउँदा हुने अनावश्यक चेकजाँच र नोट सटहीका समस्या हटाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । उनले बिहार र पश्चिम बंगालका पर्यटकलाई नेपाल भित्र्याउन आवश्यक समन्वय र सजीकरण गर्ने जानकारी दिए। पर्यटन क्षेत्रमा लगानी बढाउँदै आगामी वर्षदेखि बजेट वृद्धि गरिने पनि उनले बताए । 

कोशी प्रदेश सरकारले वैशाख १ मा तेह्रथुमको मिल्के जलजला क्षेत्रमा पर्यटन वर्षको औपचारिक उद्‍घाटन गर्ने कार्यक्रम रहेको छ।

कान्तिपुर

Link copied successfully