जलविद्युत् आयोजना तोडफोड अभियोगमा एक पक्राउ

माघ ८, २०८१

आनन्द गौतम

One arrested on charges of sabotage of hydropower project

ताप्लेजुङ — मेरिङदेन गाउँपालिका-५ सिंवा खोला जलविद्युत् आयोजनाको सामान तोडफोड अभियोगमा स्थानीय वसन्त लिम्बू पक्राउ परेका छन् । ९.३ मेगावाट क्षमताको विद्युत् आयोजनाको बाँधस्थल नजिकै रहेको साइड कार्यालय र कर्मचारी आवास गृहमा प्रवेशगरी तोडफोड गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो । 

प्रहरी निरीक्षक एवं सूचना अधिकारी रोहितकुमार शर्मा वढइका अनुसार उनलाई अपराधिक उपद्रव मुद्दा शीर्षकमा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु भएको छ । उनले मादक पदार्थ सेवन गरी आवास गृहको झ्याल-ढोका फुटाउनुका साथै विद्युत् उपकरण, शौचालय, वाथरुमका सामान तोडफोड गरेको प्रहरीले जनाएको छ । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully