दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

माघ ७, २०८१

कान्तिपुर संवाददाता

One person died in the accident, three were injured

झापा — मेची राजमार्ग अन्तर्गत झापाको बुद्धशान्ति गाउँपालिका-४ हापेन चोकमा मंगलबार भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् ।

 चारआलीबाट इलामतर्फ जाँदै गरेको प्र १-०१-००१ ज ३८५१ नम्बरको बोलेरो र विपरीत दिशाबाट आउँदै गरेको प्र १-०१-००२ ह ३६३ नम्बरको अटो एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा अटोरिक्सामा सवार बुद्धशान्ति–४ की २७ वर्षीया अमृता तामाङ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रमुख गणेश पौडेलले जानकारी दिए। उनलाई गम्भीर अवस्थामा प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा अस्पताल पुर्‍याउनासाथ चिकित्सकले दिउँसो १२:०० बजे मृत घोषणा गरेका थिए ।

दुर्घटनामा जिप चालक मेचीनगर नगरपालिका–१२ का ४० वर्षीय दिलकुमार थामी, अटोरिक्सामा सवार बुद्धशान्ति–४ की २१ वर्षीया कृतिका तामाङ र ४१ वर्षीया मञ्जु तामाङ घाइते भएका छन् । उनीहरुको सिटी अस्पताल बुधबारेमा उपचार भइरहेको छ । प्रहरीले अटोरिक्साका चालक ५३ वर्षीय अजय मोक्तानलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।  

कान्तिपुर

Link copied successfully