किसानलाई ब्याज अनुदान

माघ ४, २०८१

डम्बरसिं राई

Interest subsidy to farmers

खोटाङ — दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले किसानलाई ब्याज अनुदान कार्यक्रम लागू गरेको छ । आर्थिक वर्ष २०८१/८२ को बजेटबाट व्याजमा अनुदान कार्यक्रम लागू गरेको हो ।

नगरपालिका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीका अनुसार नगरक्षेत्रका कृषि तथा पशुपालन क्षेत्रमा व्यवसायिक रूपमा काम गर्न इच्छुक उद्यमी युवालाई अधिकतम पाँच लाख रूपैयाँसम्मको ऋणमा पाँच प्रतिशत ब्याज अनुदान उपलब्ध गराइने छ ।

यसका लागि माघ १० गतेभित्र आवेदन दिनु पर्ने जैसीले बताए । ‘चालु आर्थिक वर्षका लागि पाँच लाख रूपैयाँसम्मको ऋणको पाँच प्रतिशत ब्याज अनुदान कार्यक्रम लागू गरिएको हो,' जैसीले भने, ‘यसका लागि माघ ३० गतेभित्र प्रस्ताव पेश गर्नु पर्ने छ ।’

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully