पत्रकारलाई पेन्सन दिन कोष स्थापना गर्ने निर्णय

माघ २, २०८१

डम्बरसिं राई

Decision to establish a fund to provide pension to journalists

खोटाङ — नेपाल पत्रकार महासंघ खोटाङ शाखाले ७० वर्षमाथिका पत्रकारलाई पेन्सनको व्यवस्था गर्ने भएको छ । महासंघको मंगलबार बसेको बैठकले ‘पत्रकार पेन्सन कोष’ स्थापना गर्ने निर्णय गरेको हो ।

जिल्लामा क्रियाशील पत्रकारहरूलाई पत्रकारिता पेसामै टिकाइ राख्न ७० वर्षभन्दा माथिका पत्रकारलाई पेन्सनको व्यवस्था गर्ने उद्देश्यले पत्रकार पेन्सन कोष स्थापना गर्ने निर्णय गरिएको नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष हरिबोल आचार्यले बताए । ‘पत्रकारिता पेसा मर्यादित र टिकाइरहनका लागि पत्रकार पेन्सन कोष स्थापना गर्ने निर्णय गरिएको हो,’ आचार्यले भने ।

पत्रकार पेन्सन कोष सञ्चालनका लागि कार्यविधि निर्माण गर्न पत्रकार महासंघ खोटाङ शाखाका तीन जना पूर्वअध्यक्षलाई जिम्मेवारी दिने निर्णय पनि गरिएको आचार्यले सुनाए ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully