गोठमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु

पुस २५, २०८१

भानुभक्त निरौला

One person died due to burns in a shed fire

सोलुखुम्बु — सोलुदुधकुण्ड नगरपालिका-२ थुम्लिङमा एक गोठमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आगलागीमा परी माप्य दुधकोशी गाउँपालिका-१ का अन्दाजी ४० वर्षीय नवराज राईको मृत्यु भएको हो।

स्थानीय बल बहादुर नेवारको घाँस राख्ने गोठमा गएराति १२ बजे आगलागी हुँदा खालिङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिए । खालिङ बेवारिसे अवस्थामा बस्दै आएका थिए । घटनास्थलमा घाँसले भरिएको गोठमा आगो लागेको थियो । बिहीबार राति सोही गोठमा बसेका खालिङले चुरोट खाने क्रममा आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । घटनाका विषयमा थप अनुसन्धानका लागि बिहान प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरे, प्रहरी नायब उपरीक्षक घिमिरे र चिकित्सकसहितको टोली घटनास्थल पुगेको छ । 

भानुभक्त निरौला

Link copied successfully