ज्येष्ठ नागरिकलाई ज्याकेट

पुस २४, २०८१

डम्बरसिं राई

Jacket for senior citizens

खोटाङ — खोटेहाङ गाउँपालिकाले ज्येष्ठ नागरिकलाई जाडोमा न्यानो ज्याकेट वितरण गरेको छ । ज्येष्ठ नागरिक सम्मान कार्यक्रमअन्तर्गत उक्त गाउँपालिका–१ लिकुवापोखरीका ३५ जना ज्येष्ठ नागरिकलाई ज्याकेट वितरण गरिएको हो ।

मंगलबार र बुधबार लिकुवापोखरी वडा कार्यालयमा कार्यक्रम आयोजना गरी ज्येष्ठ नागरिकलाई न्यानो ज्याकेट वितरण गरिएको गाउँपालिका अध्यक्ष उदीमबहादुर राईले बताए । अन्य वडाका ज्येष्ठ नागरिकलाई समेत न्यानो ज्याकेट वितरण गरिने उनले बताए । यसका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष ९ लाख रूपैयाँ बजेट विनियोजन गरेको अध्यक्ष राईले सुनाए ।

उक्त बजेटबाट पालिकाभरिका तीन सय ज्येष्ठ नागरिकलाई ज्याकेट वितरण गर्ने राईले जनाए । ‘लिकुवापोखरीमा ३५ जना ज्येष्ठ नागरिकलाई न्यानो ज्याकेट वितरण गरियो,’ उनले भने, ‘चालु आर्थिक वर्षको ९ लाख बजेटबाट पालिकाभरिका तीन सय ज्येष्ठ नागकिलाई ज्याकेट वितरण गरिन्छ ।’ 

लिकुवापोखरीमा आयोजित कार्यक्रममा बायोमेट्रिक नवीकरण तथा राष्ट्रिय परिचय पत्रको फारमसमेत भरिएको गाउँपालिकाले जनाएको छ । 

डम्बरसिं राई राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully