आगलागीबाट झापामा २०० मन धान जलेर नष्ट

पुस १८, २०८१

कान्तिपुर संवाददाता

200 maunds of paddy were destroyed by fire in Jhapa

विराटनगर — झापाको कचनकवल गाउँपालिका वडा नं २ बकलामारीमा बिहीबार बिहान भएको आगलागीमा २ सय मन धानसहित पराल जलेर नष्ट भएको छ।

स्थानीय किसान नारायण सिंह राजवंशीको ३ बिघा खेतमा रहेको दुई वटा धानको कुन्युमा बिहान १:४५ बजेतिर अचानक आगलागी भएको थियो।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बनियानी र प्रहरी चौकी पथरीयाबाट ७ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी, भद्रपुर नगरपालिकाको दमकल र स्थानीय बासिन्दाको सहयोगमा बिहान ३:२० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

आगलागीबाट करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। घटनामा कुनै मानवीय तथा चौपाया क्षति भएको छैन। घटनास्थल प्रहरी चौकी पथरीयाबाट करिब ५ किलोमिटर पूर्वमा पर्दछ।

कान्तिपुर संवाददाता

Link copied successfully