सुनसरीका तीन ठाउँमा शंकास्पद वस्तु फेला 

पुस १६, २०८१

अर्जुन सुवेदी

Suspicious objects were found in three places in Sunsari

सुनसरी — सुनसरीको विभिन्न तीन स्थानमा आज बिहान शंकास्पद वस्तु फेला परेको छ । उक्त शंकास्पद वस्तु विस्फोटक पदार्थ अथवा बम हुन सक्ने प्रहरीको अनुमान छ ।

इटहरी उपमहानगरपालिका कार्यलयको प्रवेशद्वार नजिकै, सुनसरी र मोरङको सिमानामा पर्ने बुढी खोलाको पुलमुनि र धरानको भोटेपुल नजिकै शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

ती ठाउँमा कालो झोलामा राखिएको उक्त शंकास्पद वस्तुलाई पुष्टि र निस्क्रिय बनाउन नेपाली सेनाको बम डिस्पोजल टोली अहिले घटनास्थलमा पुगेको छ ।

ठूलो आकारमा देखिएको वस्तु विस्फोटक पदार्थ हुन सक्ने प्रहरीले अनुमान लगाउँदै वस्तुको नजिक कसैलाई पनि जान दिएको छैन ।

सेनाको टोलीले पहिला उपमहानगरपालिकाको गेट अगाडिको उक्त शंकास्पद वस्तुलाई निष्क्रिय बनाएपछि अरु स्थानमा राखिएको शंकास्पद वस्तुको पहिचान एवं निष्क्रिय बनाउन जाने जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

अर्जुन

Link copied successfully