खोटाङ — राष्ट्रिय स्वतन्त्र पार्टी खोटाङको अध्यक्षमा मुकुन्दकृष्ण थापा निर्वाचित भएका छन् । शनिबार सम्पन्न पहिलो जिल्ला भेलाले थापालाई अध्यक्षमा निर्वाचित गरेको हो ।
थापाको अध्यक्षतामा दश सदस्यीय जिल्ला समिति गठन गरिएको हो । समितिको सचिवमा सुमन खत्री, सह–सचिवमा राजन अधिकारी र सदस्यहरूमा टंक मगर, प्रकाश अधिकारी र तारा दाहाल छन् । एक उपसभापति र तीन सदस्य पछि समावेशी र भूगोलका आधारमा मनोनयन गरिने रास्वपा खोटाङका नेता आशिष थापाले बताए ।
जिल्ला भेला गराउन रास्वपाकी केन्द्रीय सदस्य एवंम् प्रतिनिधिसभा सदस्य तोसिमा कार्की, सह–प्रवक्ता रमेश प्रसाईं दिक्तेल आएका थिए । स्थानीय हेलिप्याडमा खुला सभापछि जिल्ला समन्वय समितिको सभाहलमा बन्द सत्र गरिएको थियो ।
