धनकुटामा गाडी दुर्घटनामा दुई घाइते

पुस ११, २०८१

रमेशचन्द्र अधिकारी

Two injured in car accident in Dhankuta

धनकुटा — कोशी राजमार्गको धनकुटा–हिले खण्डमा बिहीबार दिउँसो हायस गाडी दुर्घटना भएको छ । धनकुटा नगरपालिका-३ निगाले खण्डमा भएको दुर्घटनामा दुई यात्रु घाइते भएका छन् ।

तेह्रथुमबाट सप्तरीको राजविराजतर्फ जाँदै गरेको प्र २–०१–००१ ख ०३१० नम्बरको हायस ब्रेक फेल भएर पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा राजविराज नगरपालिका-७ का सन्तोषकुमार यादव र अजयकुमार खड्गा घाइते भएको जनाइएको छ । घाइतेहरुको हात र खुट्टामा चोट लागेको छ । 

उनीहरुको जिल्ला अस्पतालमा उपचार गरिएको छ । २१ जना सवार रहेका यात्रुमध्ये अन्यको अवस्था सामान्य रहेको जिल्ला ट्राफिक इन्चार्ज सुरेन्द्र खड्काले जानकारी दिए । 

गाडीका चालक सप्तरीका विष्णु रजक भने दुर्घटनापछि फरार रहेकोले खोजी कार्य जारी रहेको प्रहरीले बतायो ।

रमेशचन्द्र अधिकारी अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully