खोटाङ — कर्तव्य ज्यान मुद्दामा दोषी ठहरिएका फरार प्रतिवादी १४ वर्षपछि पक्राउ परेका छन् । उदयपुर जिल्ला अदालतले दश वर्ष जेल सजाय सुनाएका हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका ४१ वर्षीय चित्रकुमार राईलाई आइतबार पक्राउ गरी सोमबार जेल भुक्तानका लागि कारागार पठाइएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलका अनुसार नूरबहादुर रायमाझीको जाहेरीका आधारमा उदयपुर जिल्ला अदालतको २०६७ असार २८ गते दश वर्ष जेल सजायको फैसला गरेको थियो । उनलाई लुकीछिपी बसेको अवस्थामा आइतबार दिउँसो साढे चार बजेतिर घरैमा पक्राउ गरी सोमबार जिल्ला अदालत खोटाङमा पेस गरी कारागार पठाइएको हो ।
