मोरङमा मर्निङवाकमा गएकी युवतीमाथि सामूहिक बलात्कार

पुस ९, २०८१

कान्तिपुर संवाददाता

A girl who went on a morning walk was gang-raped in Morang

विराटनगर — मोरङको जहदामा मर्निङवाकमा गएकी २२ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ । मंगलबार बिहान विराटनगर महानगरपालिका नजिकैको कटहरी गाउँपालिकामा उक्त घटना भएको प्रहरीले जनाएको छ । 

युवतीलाई बाँसको झ्याङमा लगेर हातखुट्टा बाँधी मुखमा पट्टी लगाएर सामूहिक बलात्कार गरिएको पीडितको बयानलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । अर्धचेत अवस्थामा भेटिएकी उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ । 

मोरङ प्रहरी प्रवक्ता डीएसपी बेदप्रकाश जोशीका अनुसार प्रारम्भिक अनुसन्धानले युवतीमाथि सामूहिक बलात्कार भएको पुष्टि भएको छ । उनले घटनाको अनुसन्धान सुरू भएको र दोषीको पहिचान र पक्राउका लागि खोजी कार्य तीव्र पारिएको जनाएका छन् । 

कान्तिपुर

Link copied successfully