पाँचथर — इलाममा ट्रकमा च्यापिर चालकको मृत्यु भएको छ । माङसेबुङ गाउॅपालिका–३ सल्लेनीमा ट्रक मर्मत गरिरहेका बखत च्यापिएर पाँचथरको हिलिहाङ गाउॅपालिका-७ भारापाका ३८ वर्षीय कुमार तामाङको मृत्यु हो ।
गोलीया लोड गरेको ना ३ ख ६०३७ नम्बरको ट्रक फाल्गुनन्द मार्गस्थित रवि–दमक सडक खण्डमा बिग्रिएपछि मर्मतका क्रममा च्यापिएर उनको निधन भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी प्रभुप्रसाद ढकालले जानकारी दिए ।
मर्मतका क्रममा चक्काको नटबोल्ट भाँचिएपछि चालक तामाङले जग उठाएर मर्मत गर्ने क्रममा उनको च्यापिएर ज्यान गएको पनि प्रहरीले जनाएको छ । मृतक तामाङको शव प्रकृति मुचुल्का तयार गरी कानुनी प्रकृया पूरा गरेसॅगै पोस्टमार्टमका लागि झापाको दमक पठाइएको ढकालको भनाइ छ ।
