मोटरसाइकल दुर्घटनामा बाबु-छोराको मृत्यु

मंसिर ३०, २०८१

कान्तिपुर संवाददाता

Father and son died in motorcycle accident

विराटनगर — मोरङमा भएको एक सवारी दुर्घटनामा बाबु-छोराको मृत्यु भएको छ । ग्रामथान गाउँपालिका–२ झोराहाटमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा कटहरी गाउँपालिका– १ का २२ वर्षीय आशिक मरिक र उनका बुवा ४५ वर्षीय उमेश मरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

घिनाघाट–विराटचोक सडक खण्डको झोराहाट चोकस्थित नहरको पुलमा अनियन्त्रित भई मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीको अनुमान छ ।

दुर्घटनामा  प्रदेश१–०४–००२प १९०१ नम्बरको मोटरसाइकलमा सवार बाबु-छोरा गम्भीर घाइते भएको र विराट नर्सिङहोममा उपचारका क्रममा मृत्यु भएको हो ।

कान्तिपुर संवाददाता

Link copied successfully