फिदिममा ट्रिटमेन्ट प्लान्टसहितको खानेपानी ट्याङ्की

मंसिर २३, २०८१

लक्ष्मी गौतम

Water tank with treatment plant at Fidim

पाँचथर — फिदिम नगरपालिका–१ माथ्लोगाउँ सिरानमा ट्रिटमेन्ट प्लान्टसहितको खानेपानी ट्याङ्की निर्माण भएको छ ।

फिदिम खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले ट्याङ्की निर्माण गरेको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाँचथरको १४ लाख ५० हजार र उपभोक्ता समितिको ग्राहक शुल्कबाट संकलित १८ लाख ५० हजार गरी ३३ लाख रुपैयाँको लागतमा ट्याङ्की निर्माण भएको हो ।

ट्याङ्की विशेषतः फिदिम १ माथ्लोगाँउ (साविक फिदिम–३) का उपभोक्तालाई पानी वितरणका लागि लक्षित गरेर निर्माण गरिएको उपभोक्ता समिति अध्यक्ष प्रकाश गुरुङले बताए । ट्याङ्की निर्माणका लागि बीपी सामुदायिक वन उपभोक्ता समितिले डेढ रोपनी जग्गा उपलब्ध गराएको गुरुङको भनाइ छ । 

मुहानबाट ल्याइएको पानी उक्त ट्याङ्कीमा प्रशोधन हुन्छ । सो पानी पहिलो प्राथमिकतामा माथ्लोगाउँका नागरिकलाई वितरण गर्दै बचत रहे मूल ट्याङ्कीमा मिसाएर फिदिम बजारसहित २ र ४ नम्बर वडाका उपभोक्ताको धारासम्म पठाउने योजना रहेको उपभोक्ता समितिले जनाएको छ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully