एमाले कोशीको प्रमुख सचेतकमा लिङ्थेप

मंसिर १७, २०८१

कान्तिपुर संवाददाता

Lingthep as chief whip of UML Koshi

विराटनगर — एमाले कोशी प्रदेशको प्रमुख सचेतकमा विदुर लिङ्थेप नियुक्त भएका छन् । संखुवासभा १ (२)बााट प्रदेशसभामा निर्वाचित लिङ्थेपलाई सोमबार मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।

प्रमुख सचेतक  रेवतीरमण भण्डारी सोमबारै आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएपछि रिक्त रहेको उक्त पदमा लिङ्थेपलाई नियुक्त गरिएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम लुइँटेलले जनाए । 

लिङ्थेप संखुवासभाको मादी नगरपालिकाका पूर्व मेयर हुन् । विद्यार्थी जीवनदेखि नै उनी कम्युनिस्ट राजनीतिमा सक्रिय बन्दै आएका हुन् । 

कान्तिपुर

Link copied successfully