ओखलढुंगाको मोलुङ-५ को वडाध्यक्षमा एमालेका तामाङ विजयी

मंसिर १६, २०८१

कान्तिपुर संवाददाता

UML's Tamang won the ward chairmanship of Molung-5 in Okhaldhunga

काठमाडौँ — ओखलढुंगाको मोलुङ गाउँपालिका-५ को वडाध्यक्षको उपचुनावमा नेकपा (एमाले)का उम्मेदवार गंगाबहादुर तामाङ विजयी भएका छन् । 

आइतबार राति सार्वजनिक मत परिणामअनुसार तामाङ ३ सय ९९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका घनश्याम दाहालले १ सय ७७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णुप्रसाद पोखरेल १५१, माओवादी केन्द्रका मानबहादुर सुनुवार २३, राप्रपाका चन्द्रमणि दाहाल ३, जसपाका इन्द्रबहादुर दर्जीले ३ पाएका छन् । 

उक्त वडामा बदर मत १२ रहेको छ । २०७९ को निर्वाचनमा पनि उक्त वडामा एमालेले जितेको थियो । 

कान्तिपुर

Link copied successfully