अवैध ढंगले भित्र्याइँदै गरेका आईफोन बरामद

मंसिर १६, २०८१

कान्तिपुर संवाददाता

Illegally imported iPhone seized

झापा — भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको करिब ९ लाख मूल्य बराबरका आईफोन सशस्त्र प्रहरीको सीमा सुरक्षा टोलीले बरामद गरेको छ ।

झापा गाउँपालिका–४ पन्थपाडाको सशस्त्र टोलीले आइतबार ती आईफोन बरामद गरेको हो । 

भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३७ जेड ८१०१ नम्बरको होन्डा कम्पनीको भारतीय मोटरसाइकललाई शंका लागेर जाँच गर्दा उक्त सामान फेला परेको थियो । सशस्त्र प्रहरीले सामानसहित मोटरसाइकल चालक भारत विहारको किसानगन्ज–१ जानकी चोक बस्ने २८ वर्षका मोहम्मद ईस्त्राफिललाई समेत पक्राउ गरेको छ । 

बरामद सामान मेची भन्सार कार्यालयमा बुझाइएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully