विद्यालयबाट फर्किँदै गर्दा लडेर बालिकाको मृत्यु

मंसिर १६, २०८१

रमेशचन्द्र अधिकारी

Girl died after falling while returning from school

धनकुटा — धनकुटाको सहिदभूमी गाउँपालिका-३ मा विद्यालयबाट घर फर्किँदै गर्दा एक बालिकाको भीरबाट लडेर मृत्यु भएको छ । 

सहिदभूमी-४ पिप्लेस्थित पञ्चकृष्ण माध्यमिक विद्यालयकी ५ वर्षीया छात्रा अनुष्का राईको मृत्यु भएको हो ।

प्रहरीका अनुसार राई शनिबार अपरान्ह ५ बजे साथीहरुसँग घर फर्किनेक्रममा स्थानीय च्याब्रुङ भीरबाट लडेकी थिइन् । भीरबाट करिब तीन सय मीटर तल खस्दा गम्भीर घाइते भएकी थिइन् । 

उनको धनकुटा अस्पतालमा उपचारका क्रममा राति करिब ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक विष्णु खड्काले जानकारी दिए ।

शवको जिल्ला अस्पतालमा आइतबार पोष्टमार्टम गरिएको छ । उक्त स्थानमा शनिबार विद्यालय सञ्चालन हुने गर्दछ भने बुधवार साप्ताहिक बिदा दिने चलन छ । 

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully