मिक्लाजुङमा नेपालकै अग्लो बुद्धको मूर्ति !

जेष्ठ १५, २०८१

लक्ष्मी गौतम

Nepal's tallest Buddha statue in Miklajung!

पाँचथर — पाँचथरको मिक्लाजुङ गाउँपालिकामा ५३ फिट अग्लो बुद्वको मूर्ति निर्माण भएको छ । कोशी प्रदेश सरकारले ३ करोड रुपैयाँ लगानी गरेर यत्तिको अग्लो बुद्व मूर्ति निर्माण गरेको हो ।

धातुबाट निर्माण गरिएको मूर्ती मिक्लाजुङ-४ जरिबुटे डाँडामा छ । मूर्ति निर्माणका लागि १७ टन पितलको धातु प्रयोग भएको बताइएको छ ।

कोशी प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री तथा प्रदेश सभा सदस्य इन्द्रबहादुर आङबोले यो मूर्ति नेपालकै सबैभन्दा अग्लो र ठूलो भएको दाबी गरेका छन् ।

मूर्ति निर्माणका लागि सरकारले २०७६ सालदेखि काम थालेको थियो ।२०७९ साल माघ ३० गते निर्माण कार्य सम्पन्न भएको मूर्तिको अनुहार माओवादी नेता अग्नीप्रसाद सापकोटासँग मिलेको भन्दै ब्यापक विरोध भएपछि सुधार गरेर ढिला गरी उद्घाटन गरिएको गाउँपालिका अध्यक्ष अमरराज माखिम बताउँछन् ।

जरिबुटे डाँडामा बुद्धको मूर्तिसहितका संरचना बनाएर पर्यटन प्रर्वर्द्धन गर्ने योजना बनाएको गाउँपालिका अध्यक्षको भनाइ छ ।

Nepal's tallest Buddha statue in Miklajung!

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully