कोसी अस्पतालबाट १२ जना संक्रमित डिस्चार्ज

श्रावण ११, २०७७

कान्तिपुर संवाददाता

मोरङ — विराटनगरस्थित कोसी अस्पतालको कोभिड-१९ उपचार केन्द्रबाट १२ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

मोरङका ६, इलामका २,  झापाका ३ र तेह्रथुमकी एक महिला डिस्चार्ज भएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए । 

प्रदेश १ मा हालसम्म ७ सय ४७ जना संक्रमित निको भएर घर फर्किसकेको उनले बताए ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully