कथा भएजस्तो सहज बुझ्न नसकिने मानिसको स्वभाव, सत्य र झूटका बारेमा यस कथा-आधारित कवितामा गहिरो विश्लेषण गरिएको छ।
काठमाडौँ — कथा भए त सबजना बुझ्थे
मानिसलाई बुझ्ने कसले ?
मानिसहरुमै पनि परस्परमा
चिन्ने कसलाई कसले ?
सत्यको किरिया मानिसले बाहेक
अरु कुनै प्राणीले खाएनन् !
तर, मानिसले बाहेक झूटो कुरा
अरु कुनै प्राणीले गरेनन् !
ईश्वरले पनि मानिसपछि अरु
अनौठो कुनै प्राणी रचेनन् !
अनि मानिसलाई रच्दाको लज्जाले
ती ईश्वर अब कैल्यै देखा परेनन् !
