विश्वकप खेल्ने नेपाली टोली

नेपाली टोलीका एक खेलाडी तेस्रो, नौ खेलाडी दोस्रो र पाँच खेलाडी पहिलो पटक ट्वान्टी–२० विश्वकप खेल्दै

माघ २४, २०८२

कान्तिपुर संवाददाता

Nepali team to play in the World Cup

काठमाडौँ — ट्वान्टी–२० विश्वकप क्रिकेट शनिबार सुरु हुँदै । भारत र श्रीलंकामा हुने यो विश्वकपमा नेपाल पनि सहभागी हुँदैछ । नेपालले खेल्न लागेको यो तेस्रो विश्वकप हो ।

रोहितकुमार पौडेल

Nepali team to play in the World Cupविश्वकप सहभागिता : दोस्रो 

नवलपरासीको बर्दघाटबाट क्रिकेट खेलाडी बन्ने चाहनासहित काठमाडौं आइपुगेका रोहितको यात्रा बालुवाटार क्रिकेट ट्रेनिङ सेन्टरमा प्रशिक्षण लिएपछि सुरु हुन्छ ।

उनी नेपालको यू–१९ टोली हुँदै राष्ट्रिय क्रिकेट टोलीमा पुगेका हुन् । पछिल्लो ३ वर्षदेखि उनी नेपालको नियमित कप्तान छन् ।

रोहितको कप्तानीमा नेपालले दोस्रो पटक विश्वकप खेल्नेछ । उनकै कप्तानीमा नेपालले पहिलो पटक एसिया कप पनि खेलेको थियो ।

Nepali team to play in the World Cupकुशल भुर्तेल

विश्वकप सहभागिता : दोस्रो 

कुशल भुर्तेल मिडियम पेस बलिङ अलराउन्डरको रूपमा अन्तर्राष्ट्रिय क्रिकेटमा आएका थिए ।

सौरभ खनाल घाइते भएपछि उनको विकल्पमा राखिएपछि कुशलले बंगलादेशमा सन् २०१६ मा भएको आईसीसी यू–१९ विश्वकप खेल्न पाएका थिए ।

मध्यक्रमबाट ब्याटिङ गर्दै आएका रूपन्देहीका उनलाई २०२१ मा अस्ट्रेलियाली प्रशिक्षक डेव ह्वाटमोरले डेब्यु गराएका थिए । त्यसयता उनी नेपाली टोलीमा आक्रामक ब्याटरको रूपमा स्थापित छन् । 

आसिफ शेख Nepali team to play in the World Cup

विश्वकप सहभागिता : दोस्रो 

सन् २०१६ मा भएको नेपाल प्रिमियर लिगमा पञ्चकन्या तेजबाट अर्धशतक बनाएपछि आसिफ नेपाली क्रिकेटमा देखिएका थिए ।

घरेलु क्रिकेटमा एकपछि अर्को राम्रो प्रदर्शनले उनलाई २०२१ मा नेपाली राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गर्ने अवसर प्रदान गरेको थियो ।

संयमित भएर खेल्ने उनको स्वभाव छ र नेपाली ब्याटिङ इनिङ्स लामो तान्नु उनको विशेषता हो । 

दीपेन्द्रसिंह ऐरी Nepali team to play in the World Cup

विश्वकप सहभागिता : दोस्रो 

दीपेन्द्र बंगलादेशमा सन् २०१६ मा भएको आईसीसी यू–१९ विश्वकपबाट अगाडि आएका खेलाडी हुन् ।

त्यसको अर्को वर्ष उनले केन्याविरुद्ध विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलमा राष्ट्रिय टोलीबाट कीर्तिपुरमा ‘डेब्यु’ गरेका थिए । पहिला उनी मिडियम पेस अलराउन्डर थिए ।

तर ढाडमा समस्या आएपछि उनी अफ स्पिनर बने । जसले उनलाई ट्वान्टी–२० अन्तर्राष्ट्रियको अलराउन्डर वरीयतामा दोस्रो स्थानमा पुर्‍याएको थियो । उनले ९ बलमा अर्धशतक बनाएर ट्वान्टी–२० अन्तर्राष्ट्रियमा अजेय कीर्तिमान पनि बनाएका छन् । 

सन्दीप जोरा Nepali team to play in the World Cup

विश्वकप सहभागिता : दोस्रो 

महेन्द्रनगर कञ्चनपुरका जोरा एक समयका सबैभन्दा कम उमेरमा ट्वान्टी–२० अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने खेलाडी हुन् ।

उनले सन् २०१९ मा यूएईविरुद्ध ४६ बलमा ५३ रन बनाएका थिए । यो उपलब्धि उनले १७ वर्ष १ सय ३ दिनको उमेरमा हात पारेका थिए ।

यो उनको ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ‘डेब्यु’ खेल पनि थियो । उनको प्रदर्शनमा एकरुपको रफ्तार नभए पनि अगस्टमा वेस्ट इन्डिजविरुद्धको दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा उनले ६३ रन बनाएका थिए । 

आरिफ शेख Nepali team to play in the World Cup

विश्वकप सहभागिता : पहिलो

आरिफ नेपाली टोलीका सबैभन्दा अनुभवी खेलाडी हुन् । उनी २०१४ यता नेपाली टोलीमा छन् ।

दुई वर्षअघि चर्को प्रतिस्पर्धामा विश्वकप टोलीबाट आरिफ बाहिरिएका थिए ।

यसपटक भने उनी विश्वकपमा स्थान बनाउन सफल भएका छन् र पहिलो पटक विश्वकपमा उत्रने दाउमा छन् ।

मध्यक्रममा जमेर खेल्नु उनको विशेषता हो । स्टुवार्ट ल प्रशिक्षक भएर आएयता उनी नेपालको मध्यक्रमको ब्याटिङमा खम्बा भएर उभिएका छन् ।

सोमपाल कामी Nepali team to play in the World Cup

विश्वकप सहभागिता : तेस्रो

आफ्नो परिवारसँग भारतको पन्जाबमा रहेका सोमपाल सन् २०१३ मा नेपाल क्रिकेट फ्यान क्लबको सहयोगमा क्रिकेट खेल्न स्वदेश फर्किएका थिए ।

सन् २०१४ को जनवरीमा न्युजिल्यान्डमा भएको विश्वकप छनोटबाट उनले नेपाली टोलीमा ‘डेब्यु’ गरेका थिए ।

त्यसयता उनी निरन्तर खेल्दै आएका छन् । उनी नेपालले खेलेका तीनै विश्वकप खेल्ने एक्लो खेलाडी हुन् । 

गुलशन झा Nepali team to play in the World Cup

विश्वकप सहभागिता : दोस्रो

डेव ह्वाटमोरले डेब्यु गराएका अर्का खेलाडी हुन्, गुलशन झा । अलरान्डर उनको खुबी हो ।

विशेषगरी देव्रे हाते ब्याटिङ कारण उनले नेपाली टोलीमा जग बनाएर बसेका छन् ।

सर्लाहीबाट सुरु भएको उनको यात्रा नेपाल पुलिस क्लबमा गएर निखारिएको थियो ।

सन् २०२२ मा ओमान विश्वकप लिग–२ मा नेपाली टिमबाट आफ्नो डेब्यु गरेका थिए । 

लोकेश बम Nepali team to play in the World Cup

विश्वकप सहभागिता : पहिलो

सन् २०२२ मा घरेलु प्रतियोगिता प्रधानमन्त्री कपमा अन्तिम तीन ओभर ब्याटिङ गर्दा अर्धशतक बनाएपछि लोकेश चर्चामा माएका हुन् ।

दुई वर्षअगाडि उनले आयरल्यान्ड ‘ए’ विरुद्ध शतक प्रहार गरेका थिए ।

पछिल्लो तीन वर्षमा नेपालबाट ट्वान्टी–२० मा शतक प्रहार गर्ने उनी एक्ला खेलाडी हुन् । उनी नेपाली टोलीका दोस्रो रोजाइका विकेटकिपर पनि हुन् । 

बसिर अहमद Nepali team to play in the World Cup

विश्वकप सहभागिता : पहिलो

देव्रेहाते स्पिन अलराउन्डर हुन्, बसिर अहमद । नेपाल प्रिमियर लिगमा उनले ब्याटिङबाट पनि प्रभाव देखाएपछि पहिलो पटक विश्वकप खेल्ने अवसर पाएका हुन् ।

कपिलवस्तुबाट आएका उनलाई गत वर्ष हङकङमा भएको चारदेशीय प्रतियोगिताको फाइनलमा खेलेको इनिङ्स कारण विशेष याद गरिन्छ ।

उनले ४३ बलमा ८० रन बनाए पनि नेपाल तीन रनले चुकेको थियो । 

करण केसी  Nepali team to play in the World Cup

विश्वकप सहभागिता : दोस्रो

भारतबाट सन् २०१४ मा नेपाल फर्केपछि करणको खेल यात्रा सुरु भएको थियो ।

उनी नेपाली टोलीका तीव्र गतिका बलर हुन् । तर ब्याटिङमा उनको नेपाली टोलीबाट सबैभन्दा उच्च स्ट्राइक रेट रहेको छ ।

ट्वान्टी–२० क्रिकेटमा उनको बलिङ अझ प्रभावकारी छ । सय विकेट पार गर्ने उनी नेपालका केवल दोस्रो बलर हुन् । 

सन्दीप लामिछाने Nepali team to play in the World Cup

विश्वकप सहभागिता : दोस्रो

लेग स्पिनका हस्ती हुन्, सन्दीप लामिछाने । चितवनबाट सुरु भएको उनको क्रिकेट यात्रालाई पुबुदु दसानायेकेले नेपाली टिमसम्म पुर्‍याएका थिए ।

त्यसयता उनी नेपालबाट सबै संरचनामा सर्वाधिक विकेट लिने खेलाडी हुन् ।

उनीसँग इन्डियन प्रिमियर लिग, बिगबास, क्यारेबियन प्रिमियर लिग, बंगलादेश प्रिमियर लिगलगायत विश्व क्रिकेटमा खेलेको ठूलो अनुभव रहेको छ । 

नन्दन यादव Nepali team to play in the World Cup

विश्वकप सहभागिता : पहिलो

उमेर समूहमा नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेट खेले पनि नन्दन यादव उच्च शिक्षाका लागि अस्टेलिया गएका थिए ।

गत वर्ष नेपाल प्रिमियर लिग खेल्न आएपछि उनी पुनः अस्ट्रेलिया गएनन् । त्यसयता उनी निरन्तर नेपाली टिमबाट खेल्दै आएका छन् ।

यदि क्रममा उनले एकदिवसीय र ट्वान्टी–२० मा डेब्यु पनि गरेका थिए । 

ललित राजवंशी Nepali team to play in the World Cup

विश्वकप सहभागिता : दोस्रो

देव्रे हाते स्पिनर ललित राजवंशी घरेलु क्रिकेटमा सबैभन्दा सफल बलर हुन् ।

तर राष्ट्रिय टोलीमा नियमित मौका नपाउँदा उनले त्यसअनुरुप निखारिएको प्रदर्शन दिन सकेका छैनन् ।

उनले ४१ एकदिवसीय खेलमा ४७ विकेट र ३७ अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेटमा ३६ विकेट लिएका छन् । 

शेर मल्ल

Nepali team to play in the World Cupविश्वकप सहभागिता : पहिलो 

नेपाल प्रिमियर लिगका दुवै संस्करण जित्ने उनी एक्ला खेलाडी हुन्, शेर मल्ल ।

यी अफ ब्रेक अलराउन्डर यस सिजनको एनपीएलमा चर्चामा थिए । उनले संयुक्त रूपमा सर्वाधिक १७ विकेट लिए ।

त्यतिमात्र होइन, उनले नेपाली राष्ट्रिय टोलीको ढोका खोल्दै विश्वकप खेल्न मुम्बई आइपुगेका थिए ।

कान्तिपुर

Link copied successfully