प्रत्येक दिनबा कचपल्टो निद्रा सुत्छन्म देख्छु ओइलाएको सपना
सानो कोठामाबा सुत्छन्,म सुत्छु
बालाई निद्रा लाग्दा
मेरो पढ्ने बेला हुन्छ
बाको उठ्ने बेला
मेरो सुत्ने बेला हुन्छ
बा बत्तीमा सुत्न सक्दैनन्
म सक्दिन अँध्यारोमा पढ्न
प्रत्येक दिन
बा कचपल्टो निद्रा सुत्छन्
म देख्छु ओइलाएको सपना
कसरी हुन सक्छ
बासी पानीले– दिन साजी
आजकाल
बन्द कोठाभित्र जीवन
हावा आउने खट्प्वाल ढुकेर बस्छ
धरहराले चोभार ढुकेझैं ।।
