We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:
This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.
March 3 means World Wildlife Day. This day is celebrated all over the world to reflect the interdependence of animals, natural resources and human civilization. And, this day spreads awareness that this world is a common home of all beings. Wildlife suffers from people, poaching and poaching. Even Nepal is not free from this fear. All the creatures of the world have their own unique importance in the ecological cycle. And, this day helps to understand that protecting them is the need of the day.
यो दिवसको सन्दर्भमा म फरक–फरक समय वाइल्ड लाइफ फोटोग्राफी गर्दाताका आफ्ना क्यामरामा कैद भएका सम्पूर्ण वन्यजन्तु सम्झिरहेको छु । विभिन्न वन्यजन्तुका फोटो क्यामरामा कैद गर्न म तिनका बासस्थान पछ्याउँदै बर्दिया राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, गौरीशंकर संरक्षित क्षेत्र, कोशी टप्पु वन्यजन्तु आरक्ष, लामटाङ राष्ट्रिय निकुञ्ज, कृष्णसार संरक्षण क्षेत्रसम्म पुगेको छु । त्यहाँ वन्यजन्तु खोज्दै महिनौं बिताएको छु, तिनलाई पछ्याएको छु । र, तिनै यात्रामा खिचिएका बाघ, हात्ती, गैंडा, राजलोखर्के, नीर बिरालो, बँदेल, लगुना, चित्तलका तस्बिर यहाँ प्रकाशित छन् ।
सन् १९७३ मा वन्यजन्तुको चोरीसिकार र आखेटोपहार ओसारपसार रोक्न वासिङ्टन डीसीमा एउटा महत्वपूर्ण सन्धि भएको थियो । यस सन्धिमा १८४ राष्ट्रले सहभागिता जनाएका थिए । नेपालले पनि सन् १९७५ मा यो सन्धिमा हस्ताक्षर गर्यो । हाम्रो देशमा हालसम्म २१२ प्रजातिका स्तनधारी वन्यजन्तु, ८९६ प्रजातिका चरा र ५७ प्रजातिका सरीसृप पाइन्छन् । वन्यजन्तु संरक्षणमा निकै उतारचढाव पार गरेको नेपालले हाल विश्वमा राम्रो दृष्टान्त पेस गरेको छ । नेपालले पाटेबाघ, एकसिंगे गैंडा, हिउँचितुवा, जंगली हात्ती जस्ता ठूलाठूला लोपोन्मुख जनावर सँगसँगै चमेरा, मुसा जस्ता स–साना लोपोन्मुख जनावरको समेत संरक्षण गरेको छ । आउँदा दिनहरु वन्यजन्तुका लागि सुन्दर रहुन् । यो विश्व वन्यजन्तु दिवसले मानिसहरुमा वन्यजन्तुप्रति मायालुभाव जगाओस्, शुभकामना !
![After the Wildlife [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img3878-edit-1-0132025033102-1000x0.gif&w=1001&h=0)

