संखुवासभामा खुकुरी प्रहारबाट श्रीमतीको हत्या, श्रीमान् पक्राउ

संखुवासभाको मादी नगरपालिका–४ डाँडागाउँमा घरायसी विवादका क्रममा उक्त घटना भएको प्रहरीले जनाएको छ ।

श्रावण २, २०८३

दीपेन्द्र शाक्य

Wife killed with khukuri in Sankhuwasabha, husband arrested

संखुवासभा — संखुवासभाको मादी नगरपालिका–४ डाँडागाउँमा घरायसी विवादका क्रममा श्रीमान्‌ले खुकुरी प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ।

प्रहरीका अनुसार चैनपुर नगरपालिका–७ घर भई हाल मादी नगरपालिका–४ डाँडागाउँ बस्दै आएका करिब ५६ वर्षीय अमर बहादुर सार्कीले ४३ वर्षीया श्रीमती फुलमाया मुदेललाई शनिबार बिहान साढे ५ बजेतिर खुकुरी प्रहार गरेका हुन्।

घटनापछि अमरबहादुर आफैं इलाका प्रहरी चौकी मङ्गलबारे पुगेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक मीनप्रसाद दाहालको कमाण्डमा चार सदस्यीय प्रहरी टोली घटनास्थल पुगेर सुरक्षा व्यवस्था मिलाएको तथा घटनास्थलको प्रारम्भिक अनुसन्धान गरेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनामा प्रयोग भएको खुकुरीसहित अमरबहादुरलाई नियन्त्रणमा लिई इलाका प्रहरी चौकी मङ्गलबारेमा राखेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए ।

घटनाको थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी निरीक्षक परशुराम राईको कमाण्डमा थप प्रहरी टोली खटिएको छ।

दीपेन्द्र

Link copied successfully