जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार शुक्रबार राति करिब ११ बजे वीरेन्द्रनगर नगरपालिका–४ कालागाउँ निवासी ३३ वर्षीय जीवनकुमार शाहीमाथि खुकुरी प्रहार भएको हो ।
सुर्खेत —
सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले नजिक रहेको ‘भिजिट कर्णाली दोहोरी साँझ’ बाहिर सामान्य विवादका क्रममा खुकुरी प्रहार हुँदा एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार शुक्रबार राति करिब ११ बजे वीरेन्द्रनगर नगरपालिका–४ कालागाउँ निवासी ३३ वर्षीय जीवनकुमार शाहीमाथि खुकुरी प्रहार भएको हो ।
प्रहारबाट उनको टाउकोमा चोट लागेको छ । उनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले वीरेन्द्रनगर ९ निवासी १९ वर्षीय रोशन शाही, पञ्चपुरी नगरपालिका ८ निवासी १८ वर्षीय भरत बोगटी र सोही स्थानका १६ वर्षीय सुमन नेपालीलाई खुकुरीसहित पक्राउ गरेको छ ।
घटनामा संलग्न अर्का पञ्चपुरी–५ का २६ वर्षीय हरिष रोकाया भने फरार रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक यज्ञबहादुर शाहीले फरार रहेका व्यक्तिको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।