घट्टमा पहिरो खस्दा दुई जनाको मृत्यु

सान्नीत्रिवेणी गाउँपालिका ६ पाेरिवनस्थित काप्रीखाेलास्थित घट्टमा साेमबार बिहान पहिरोमा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।

असार २९, २०८३

तुलाराम पाण्डे

Two killed in Ghat landslide

कालीकोट — पानीघट्टमा पहिरो खस्दा कालीकोटमा सोमबार दुई जनाकाे मृत्यु भएको छ । सान्नीत्रिवेणी गाउँपालिका ६ पाेरिवनस्थित काप्रीखाेलास्थित घट्टमा साेमबार बिहान पहिरोमा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।

घट्ट पिस्न गएका सान्नीत्रिवेणी ६ धामीगाउँका ७६ वर्षीय लालबहादुर साउँद र सोही ठाउँका ४६ वर्षीय मन्दिर साउँदको घटनास्थलमै मृत्यु भएको कालीकोटका प्रहरी प्रमुख हिमबहादुर खत्रीले बताए ।

घट्टभित्र बसिरहेको बेला २५ मिटर माथिबाट आएको पहिरोले पुरेर मृत्यु भयो । घटनास्थल पुगेका डिएसपी खत्रीले आफन्तको सहयोगमा पहिरोबाट शव निकालिएको बताए । उनका अनुसार सोमबार बिहानको भीषण वर्षाले पहिरो झरेको हो ।

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully